झापा जिल्ला प्रशासन कार्यालयमा खुल्यो प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

0
Shares

प्रभु बैंकले आपप्नो सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको भद्रपुरनगरपालिका चन्द्रगढिस्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

झापा स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरका कार्तिक १८ गते झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकृत कृष्ण कुमार निरौलाले समुद्घाट्न गरेका हुन् ।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन्।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटिएम ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।