गुराँस लाइफले प्रस्ताव गर्यो १३.१० प्रतिशत बोनस, कर शेयरधनीले नै तिर्नुपर्ने

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४–०७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांस प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १३.१० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।
बोनसमा लाग्ने कर भने शेयरधनी स्वयंले बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश बिमा समिति र कम्पनीको अगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै शेयरधनीलाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार छ । जस अनुसार कम्पनीले १२ करोड २९ लाख ६० हजार बराबरको बोनस शेयर वितरण गर्नेछ । बोनसपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब नाघ्नेछ ।