सिर्जना फाइनान्सको हकप्रद भर्ने म्याद दुई साता थपियो


सिर्जना फाइनान्सले हकप्रद शेयरमा अपेक्षित आवेदन नपरे पछि आवदन गर्ने म्याद थप गरेको छ । फाइनान्सले असोज १७ देखि कात्तिक २१ गतेसम्म ६० प्रतिशतले हुन आउने २७ करोड ६४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री सुरु गरेको थियो ।

सूचना जारी गर्दै फाइनान्सले आगामी मंसिर ६ गतेसम्म हकप्रदमा आवेदन गर्ने समय थप गरिएको जनाएको हो ।

हकप्रद प्रयोजनको लागि फाइनान्सले असोज ६ गते बुकक्लोज गरेकाले यस हकप्रदमा असोज ५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै आवेदन गर्न पाउनेछन् ।

फाइनान्सको हकप्रदमा बिक्री प्रबनधक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंबाट आबेदन गर्न सकिनेछ । यस्तै सिर्जना फाइनान्सका सम्पूर्ण कार्यालयहरु, सनराइज बैंकका कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट पनि आवेदन गर्न सकिनेछ । यसैगरी सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

हाल फाइनान्सको चुक्ता पूँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ रहेको छ। ६० प्रतिशत हकप्रद बिक्री पश्चात फाइनान्सको चुक्ता पूँजी ७३ करोड ७२ लाख ५१ हजार २०० रुपैयाँ पुग्नेछ ।
रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सको हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।