छाला व्यवसायी सञ्जय अग्रवालको निधन


बीरगञ्जका छाला व्यवसायी सञ्जय अग्रवालको निधन भएको छ । हृदयघातका कारण अग्रवालको बुधबार साँझ बीरगञ्जस्थित एडभान्स मेडिकेयर अस्पतालमा निधन भएको हो ।
बीरगञ्जका व्यवसायी काशीनाथ अग्रवालका पहिलो सन्तान सञ्जय ४६ वर्षका थिए । उनी बीरगञ्जस्थित लिपनीविर्तामा रहेको ग्लोबल लेदर इण्डष्ट्रिजका सञ्चालक थिए ।