साढे ४५ करोड खुद नाफा कमाएको सनराइज बैंकको बितरणयोग्य मुनाफा झण्डै १६ करोड


सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ४३ लाख ६७ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद नाफा झण्डै साढे १२ करोड रुपैंयाले बढेको हो । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा कुनै परिवर्तन नआएका कारण प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैंया छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैंया २६ पैसा थियो । अहिले बैंकको प्रतिशेयर आम्दानी २२ रुपैंया २९ पैसा कायम भएको छ ।

एनएफआरएस प्रणाली अनुसार बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वितरणयोग्य मुनाफा १५ करोड ८३ लाख ६२ हजार ७६६ रुपैंयाँ छ ।

सनराइजले कर्जा तथा निक्षेप संकलनमा समीक्षा अवधिमा सामान्य सुधार गरेको छ । जसका कारण बैंकको ८२ करोड १८ लाख रुपैंयाबाट बढेर १ अर्ब १० करोड ५ लाख रुपैंया पुगेको छ । बैंकको सञ्चालन मुनाफा ९३ करोड ५१ लाख रुपैंयाबाट बढेर १ अर्ब १९ करोड ८३ लाख रुपैंया पुगेको छ ।

समीक्षा अवधिमा पूँजीकोष अनुपात १२.९९ प्रतिशतबाट १२.७५ प्रतिशतमा झरेको बैंकको निष्कृय कर्जा अनुपात १.१२ प्रतिशतबाट बढेर १.२७ प्रतिशतमा उक्लिएको छ । कर्जा निक्षेप अनुपात ७७.५६ बाट बढेर ७८.०६ प्रतिशत पुगेको बैंकको कोषको लागत ७.७० बाट ७.१२ झरेको छ भने । त्यसै गरी आधार दर १०.९७ प्रतिशतबाट ९.९७ प्रतिशतमा झरेको बैंकको स्प्रेडदर ४.५५ बाट ४.५० प्रतिशतमा झरेको छ ।

प्रतिशेयर नेटवर्थ १५५ रुपैंया ७८ पैसा रहेको बैंकको बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गूणाले बढी छ भने तरलता अनुपात २५.०८ प्रतिशत छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिकित्ता शेयर २२० रुपैंयादेखि २६० रुपैंयाको बिचमा ६४ दिनमा २ हजार ५१३ कारोबारबाट ७ लाख ३९ हजार ७७५ कित्ता शेयर कारोबार भएको छ ।