काठमाडौं नेपाल टेलिकमले टावर निर्माणको कार्यलाई तिव्रता दिएको छ ।
स्किपर प्याराडाइज जेभी र नेपाली टेलिकमबीच बिहीबार ७२ ओटा टावर ग्राउन्डे बेस सपोर्टिङ टावर बनाउन सम्झौता भएको छ। टावर निर्माण कार्यले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बुटवल क्षेत्रमा टेलिकमको नेटवर्क समयमा हल हुने विश्वास लिइएको छ।
पश्चिमाञ्चल (लुम्बिनी, गण्डकी, धौलागिरी) मा ६४ र काठमाडौंमा ८ वटा टावर निर्माणको सम्झौता भएको हो ।
सम्झौता पत्रमा टेलिकमको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र प्याराडाइजका प्रबन्ध निर्देशक गोकुल पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
६ महिनाभित्र काम सक्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ। लगत्तै १३८ ग्राउन्डे बेस सपोर्टिङ टावर निर्माणका लागिसमेत टेन्डर प्रक्रिया सुरु हुने टेलिकमले जनाएको छ।
प्रतिक्रिया