रुप ज्यातीकी छोरी सुरुची पनि पक्राउ


उद्योगपति एवं पूर्वमन्त्री रुप ज्योतीसँगै उनकी छोरी सुरुची ज्योती पनि पक्राउ परेकी छन् । काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भन्दै ‘ल्याण्डमार्क डेभलपर्स प्रा।लि’ मार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा फिर्ता नगरेको भन्दै रुप ज्याती विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् व्यवसायी रुप ज्योतिविरुद्ध गत बर्षको मङ्सिर तेस्रो साता पक्राउ आदेश जारी गरेको थियो । त्यस पछि ज्योती सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले पनि उनको विपक्षमा फैसला गरे पछि बिहीबार साँझ प्रहरीले रुप ज्योतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनकी छोरीलाई पनि विमानस्थलबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बिज्ञेन्द्रकृष्ण मल्लले बाँसवारीस्थित हाउजिङमा घर खरिदका लागि आफूले ल्याण्डमार्क डेभलपर्स प्रालिलाई २ करोड ७० लाख रुपैयाँ बुझाए पनि घर र जग्गा नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।