पाटन उच्च अदालत परिसरमा एनआईसि एशिया बैंककोे एक्स्टेन्सन काउन्टर

0
Shares

एनआइसी एसिया बैंकले हरिहरभवन ललितपुरको उच्च अदालत पाटन परिसरमा एक्सटेन्स काउन्टर स्थापना गरेको छ । सो काउन्टरको उद्घाटन शुक्रबार उच्च अदालतका मूख्य न्यायाधीश नहकुल सुवेदीले गरेका हुन ।

शुक्रबारदेखि औपचारीक रुपमा बैंकिङ सेवा प्रदान गर्न सुरु गरेको सो काउन्टरवाट पाटन क्षेत्रका सर्वसाधरण तथा व्यपारी लाभान्वीत हुने बैंकले जनाएको छ ।

हाल बैंकले ३१० शाखा कार्यालय, ३८३ एटिएम, ९० वटा एक्स्टेन्स काउन्टर र ४२ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्दे आएको छ ।