नागरिक लगानी कोष र राष्ट्रिय बीमा कम्पनीमा ४९ जनालाई जागिरको अवसर


नागरिक लगानी कोष र राष्ट्रिय बीमा कम्पनीले ४९ जना कर्मचारी माग गरेका छन् ।

नागरिक लगानीकोषले अधिकृत र सहायक पदमा १२ जना कर्मचारी मागेको छ भने राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा ३७ जना कर्मचारी मागेको छ ।

नागरिक लगानी कोषमा अधिकृत स्तरको छैठौ तहमा ६ जना, सहायकस्तरमा तीन जना र चौथो स्तरमा तीनजना गरी १२ जना कर्मचारी मागेको हो । योग्यता पुगेका नेपाली नागरिकलाई कोषले शुक्रबारदेखि २१ दिन भित्रमा आवेदन दिनका लागि आग्रह गरेको छ ।

बीमा कम्पनीले सातौं तहको नायव व्यवस्थापक पदमा २ जनाको आवेदन माग गरेको छ भने छैठौं तहको सहायक व्यवस्थापक पदमा ९ जना मागेको छ । त्यसै गरी सूचना प्रविधि अधिकृत, सूचना प्रविधि सहायक, स्वास्थ्य सहायक तथा सहायक ‘क’, ‘ख’, पदमा पनि बीमा कम्पनीले कर्मचारीहरु माग गरेको छ ।