सूर्या लाइफको तीन लाख कित्ता लिलामीको शेयरमा आवेदन खुल्यो

0
Shares

सूर्या लाइफ इन्स्योरेन्सले लिलामीमा राखेको ३ लाख ९ हजार ३०२ कित्ता शेयरका लागि आइतबारदेखि आवेदन खुलेको छ ।

कम्पनीले हकप्रदमा बिक्री नभएको संस्थापक तर्फको २७ हजार ३८९.२ कित्ता र सर्वसाधारणहरुको तर्फको २ लाख ८१ हजार ९१२.८ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो । 

इन्स्योरेन्सले गत भदौ ८ देखि असोज १२ गते सम्म ८८ करोड ७४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गरेको थियो । हकप्रदमा शयेर बिक्री नभएको बाँकी शेयर लिलामी गर्न लागेको हो ।

कम्पनीको लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमा तोकिएको छ । आबेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेश गर्न सक्नेछन् ।

संस्थापक तर्फ अधिकतम सबै कित्ताको लागि र सर्वसाधारण तर्फ अधिकतम ५० हजार कित्ता सम्मको लागि मात्रै आबेदन गर्न सकिने कम्पनीको शेयर बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

एनआईसी एसिया क्यापिटल र सुर्या लाइफको वीरगंज, नेपालगंज, बुटलव, पोखरा, धन्गढी, महेनद्रनगर र इटहरी शाखामा मंसिर १ गते सम्ममा आबेदन दिन सकिनेछ ।

गत कार्तिक २१ गते विहीबार नेप्सेमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता २५६ रुपैयाँमा कारोबार भएको थियो ।