व्यवसायी रुप ज्योती पक्राउको बिरोधमा जुलुस, अदालतद्धारा थप ५ दिन थुनामा राख्न आदेश


व्यवशायी रुप ज्योति पक्राउको बिरोधमा राजधानीमा बिरोध जुलुस प्रदर्शन भएको छ । अर्कातिर अदालतले रुप ज्योती र उनकी छोरी सुरुचीलाई थप ५ दिन थुनामा राख्न आदेश दिएको छ ।

व्यवसायी ज्योतीलाई सिंगापुरबाट नेपाल आउने क्रममा पक्राउ गरिए पछि उदाय् समाजले विरोध प्रदर्शन गरेको हो । समाजले रुपज्योतिलाई अन्यायपूर्वक पक्राउ गरेको आरोप लगाएको छ ।

समाजले ज्योतिको तत्काल रिहाईको माग गर्दै राजधानीका विभिन्न स्थानमा बिरोध जुलुस निकालेको हो । विरोध जुलुस असन, रत्नपार्क, त्रिपुरेश्वर हुँदै माइतीघर मण्डलामा पुगेर समापन भएको थियो ।

समाजले बिरोध जुलुस निकाल्दै गर्दा आइतबार जिल्ला अदालत काठमाडौंले रुप ज्योति र उनकी छोरी सुरुचीलाई थप ५ दिन थुनामा राख्न म्याद थप गरेको हो । यसअघि ज्योतिलाई ३ दिन म्याद थप गरिएको थियो । म्याद थप गरी थप अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।