तनहुँमा ग्लोबल आईएमई बैंकको शाखा


ग्लोबल आइएमई बैंकले प्रदेश नं. ४ को तनहूँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दीपुर गाँउपालिका वडा नं. २, बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बन्दीपुर शाखा सञ्चालनसंगै बैंकको शाखा सञ्जाल संख्या १५० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको विञप्तिमा उल्लेख छ ।

बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयबाट ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।