नेशनल इन्स्योरेन्सको व्यवसाय घट्दा बढ्यो नाफा


नेशनल इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमा शुल्क घटेको अवस्थामा खुद नाफा बढाएको वित्तीय विबरण निकालेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जनमा २४.३७ प्रतिशतको गिरावट आएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले २६ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा भने २७६.७९ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ४१ लाख रुपैंया खुद नाफा गरेको छ ।

पूर्नबीमा कमिशन वापत १ करोड ४४ लाख रूपैयाँ आम्दानी गरेको छ भने लगानी कर्जा तथा अन्य आय शिर्षकमा २ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी जुटाउने क्रममा रहेको इन्स्योरेन्सको जगेडा कोष ४५ करोड २२ लाख रुपैंयाले ऋणात्मक छ ।