७५ करोडको आईपीओ ल्याउन लागेको सिटिजन लाइफको यस्तो छ वित्तीय अवस्था


सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ३५ लाख २१ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको यसै अवधिमा १५ करोड ३९ लाख ३१ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले यस्तो आम्दानी ११६.६७ प्रतिशतले बढाएको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयको आकार ९६ लाख ८४ हजार रुपैंयाबाट बढाएर २ करोड ५० लाख ५३ हजार रुपैंया पुर्याएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७३ लाख ३० हजार रुपैंयाको दाबी भुक्तानी गरेको इन्स्योरेन्सले अहिले १ करोड ५ लाख ५६ हजार रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा २ करोड १९ लाख ७२ हजार रुपैंया खुद नाफा कमाएको इन्स्योरेन्सले अहिले ५ करोड १ लाख ३० हजार रुपैंया खुद नाफा कमाएको छ ।

१ अर्ब ७५ करोड रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३७ करोड ५० लाख १७ हजार रुपैंया, जीवन बीमा कोषमा ८० करोड ३८ लाख ८७ हजार रुपैंया तथा महाविपत्ती जगेडामा ४ करोड १ लाख ३२ हजार रुपैंया सञ्चय गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १५ वटा दाबी वापत १ करोड ५ लाख ५६ हजार रुपैंया दाबी भुक्तानी गरेको इन्स्योरेन्सले ७ वटा दाबी वापत ४४ लाख ५० हजार रुपैंया भुक्तान गर्न बाँकी छ ।

जारी पूँजीको ३० प्रतिशतको हुन आउने ७५ करोड बराबरको ७५ लाख कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने प्रस्ताव इन्स्योरेन्सको साधारण सभाले पारित गरिसकेको छ ।