राधी जलविद्युतको नाफा साढे २ करोड


राधी जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमासमा २ करोड ४८ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीको यो नाफा गत आवको सोही अवधीको तुलनामा २३.९ प्रतिशतले धेरै हो । गत आवको पहिलो त्रैमासमा २ करोड १ लाख ९० हजार रुपैयाँ खुद नाफा गरको थियो ।

कम्पनीको बिजुली बिक्रीबाट भएको आम्दानी बढेकाले खुद नाफा बढेको हो । कम्पनीले बिजुली बिक्रीबाट ४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ७.४७५ प्रतिशतले धेरै हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले बिजुली बिक्री गरेर ४ करोड ३६ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु आवको पहिलो त्रैमासमा कम्पनीको अन्य स्रोतबाट ६१ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

हाल चुक्ता पुँजी ४७ करोड ३५ लाख ५६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.२ रुपैयाँले बढेर २० रुपैयाँ ८६ पैसा पुगेको छ । सो अवधीमा कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ६० पैसा कायम भएको छ ।