अरुण भ्यालीको नाफा एक करोड ३६ लाख


अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको असोजसम्ममा १ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको नाफाको तुलनामा ८१ हजार रुपैयाँले धेरै हो ।
कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३५ लाख ६८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले आम्दानी वढेको भएपनि गत आवको तुलनामा सञ्चालन खर्च वढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बिद्युत बिक्रीबाट १ करोड ३० लाख रुपैयाँ कमाएको यस हाइड्रोपावरले चालु आर्थिक वर्षको सोहि अवधिसमा २ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाइड्रोपावरको अन्य स्रोतमार्फतको आम्दानी ७२ लाख रुपैयाँबाट घटेर ६ लाख रुपैयाँमा झरेको हो । हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ९ करोड १२ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोपावरको जगेडा कोषमा ३ करोड ८१ लाख रुपैयाँ थियो ।

हाल कम्पनी प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७८ पैसा रहेको छ । सो अवधीमा कम्पनीको सेयरको मूल्य आम्दानी अनुपात १६.४० गुणा छ ।