ज्योती विकास बैंकमा नयाँ सञ्चालक


ज्योती विकास बैंकले सर्वसाधारण शेयरधनी समुहतर्फबाट नयाँ सञ्चालक नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २७ गतेको बैठकले काठमाण्डौं, तारकेश्वर नगरपालिका ११ की मन महर्जनलाई २७ गतेदेखि नै लागू हुने गरी बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।