देवः विकास बैंकको खुद नाफामा देखियो यस्तो बढोत्तरी


देवः विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १८.५३ प्रतिशतले बढेको हो ।

३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३८ करोड ९ लाख रुपैंया सञ्चित छ भने शेयरधनी कोषमा ४४ करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ०३ पैसा छ भने मूल्य आम्दानी अनुपात १६.९१ गुणाले बढी छ ।

गत असोज मसान्तसम्ममा २१ अर्ब ८६ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६३ करोड ९२ लाख रुपैयाँ ऋण प्रवाह गरेको बैंकले २६ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १८ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको निष्कृय कर्जा अनुपात ३.०३ प्रतिशत छ ।