ग्रामीण विकास लघुवित्तले ६ प्रतिशतले बढायो खुद नाफा


ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफामा ६ प्रतिशतको बढोत्तरी भएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी तथा ५६ करोड ४४ लाख रुपैंयाको जगेडा कोष रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १५७ रुपैंया ४५ पैसा छ ।

प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६० पैसा रहेको लघुवित्तकोे मूल्य आम्दानी अनुपात २४.७६ गुणाले बढी छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात ४.८२ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ।