गुडविल फाइनान्सले १६ प्रतिशतले बढायो खुद नाफा


गुडविल फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १२ करोड १८ लाख ९ हजार रुपैयाँ नाफा खुद कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले १० करोड ४६ लाख ४ हजार रुपैंया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा अहिले फाइनान्सले १६.४८ प्रतिशतले बढाएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ४५ लाख पुर्याएको छ ।

चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३२ करोड ९० लाख रुपैयाँ सञ्चित छ । प्रतिशेयर नेटवर्थ १५८ रुपैंया २५ पैसा रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०९ पैसा छ । समीक्षा अवधिमा फाइनान्सको निष्कृय कर्जा अनुपात ०.८ बाट १.२४ प्रतिशतमा उक्लिएको छ ।