नेपाल इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड

0
Shares

नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा जगेडा कोषमा ३९ करोड ५७ लाख रुपैयाँ सञ्चित गरेको छ। गत आवको यसै अवधिमा २६ करोड ५१ लाख रहेको थियो।

नेपाल इन्स्योरेन्सको यस अवधिमा करिब १६ करोड खुद बीमा शुल्क संकलन गरेको छ भने मुनाफा ११ पतिशतले बढाएको छ। असोज मसान्तसम्म यस कम्पनीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३ करोड २७ लाख रुपैयाँ धेरै अर्थात १५ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको हो।कम्पनीले पुर्नबीमा कमिशनबाट ४ करोड ७० लाख र लगानी कर्जा तथा अन्य आयबाट १ करोड ६३ लाख आर्जन गरेको छ।

एक अर्ब एक करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल इन्स्योरेन्सले यस अवधिमा ४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८२ पैसा, कायम गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको जगेडा कोषमा ३९ करोड ५७ लाख रुपैयाँ, बीमा कोषमा ३१ करोड १८ लाख रुपैयाँ सञ्चित छ। इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४४ पैसा र मुल्य आम्दानी अनुपात १३.८५ गुणा छ।

कम्पनीले ४२ हजार ७४९ बीमालेख जारी गरी ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।

यस अवधिमा कम्पनीले ४११ दाबी वापत ५ करोड ३२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ हजार ६२६ दाबी बापत ९७ करोड ६५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिन्छ।