विद्युतीय माध्यमबाट कर तिर्दा १० प्रतिशत नगद फिर्ता पाइने, कर कट्टी नहुने


विद्युतीय माध्यमबाट कर तिर्दा १० प्रतिशत नगद फिर्ता पाइने भएको छ ।

आन्तरिक राजश्व विभागले विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै सेवाग्राहीको सहजताका लागि यस्तो व्यवस्था गरेको हो ।

विभागमा महानिर्देशक बिनोद बहादुर कुँवरका अनुसार विद्युतीय माध्यमबाट कर भुक्तानी गर्ने करदाताको बैंक खातामा साझै १० प्रतिशत नगद फिर्ता गरिनेछ । यसरी कर भुक्तानी गर्दा कर कट्टा नहुने कुँवरले बताए । विभागका महानिर्देशक कुँवरका अनुसार कार्डबाहेक भुक्तानी सेवा प्रदायकको प्रयोग गरी कर तिर्दा यस्तो सुविधा पाइनेछ ।

मंसिर १ गतेदेखि विभागले कर दिवसको अवसर पारेर कर सप्ताह मनाउँदैछ ।

चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसारको राजस्व संकलन नहुने, चार महिनामा एक खर्ब संकलन