चार महिनाको पूँजीगत खर्च निराशाजनक, आर्थिक वृद्धिको लक्ष्य पनि घटाईयो

0
Shares

सरकारले चालु आर्थिक वर्षको चार महिना अर्थात कात्तिक महिनासम्ममा २ खर्ब २५ अर्ब रुपैयाँमात्रै खर्च गरेकोे छ । सरकारले गरेको यो खर्च मध्ये एक खर्ब ९६ अर्ब रुपैयाँ चालु खर्च रहेको छ ।

यो अवधिमा सरकारले कुल १३.५७ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

आर्थिक वृद्धिदर बढाउने पूँजीगत खर्च भने यो अवधिमा जम्मा २४ अर्ब ६८ करोडमात्रै भएको छ । सरकारले यो अवधिमा ४ अर्ब २७ करोड वित्तीय व्यवस्था खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा खर्च समयमा हुन नसक्ने भएपछि त्यसलाइ संशोधन गरेर ७.१ प्रतिशतको लक्ष्य कायम गरेको छ ।

सरकारले आर्थिक वर्षको ४ महिनामा चालु खर्च बढी र पुँजीगत खर्च कम हुने प्रक्षेपण सहित बजेट विनियोजन गरेको हुन्छ । यो अवधिमा चालु खर्च २५ प्रतिशतभन्दा बढी र पुँजीगत खर्च १५ प्रतिशत गर्नुपर्ने व्यवस्था छ । सरकारले गरेको लक्ष्य अनुसार चालु आवको कात्तिक सम्म ६१ अर्ब २० करोड खर्च भइसक्नु पर्ने थियो । यो अवधिमा चालु खर्च २०.५५ प्रतिशत र पुँजीगत खर्च ५.९५ प्रतिशत हो।

आर्थिक वर्षको सुरुवातीमा टेण्डर प्रक्रिया र परियोजना तयारीमै समय वित्ने भएकाले पनि खर्च हुन नसकेको हो । प्रधानमन्त्रीको कार्यालय र अर्थ मन्त्रालयले खर्च बढाउन सबै आयोजनाको मासिक प्रगति विवरण प्रत्येक महिनाको ७ गते अगावै लिने तालिका बनाएपनि खर्चमा वढ्न सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षको लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड बजेट ल्याएको हो । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालु खर्च हो भने ४ अर्ब ८ करोड पुँजीगत खर्च र १ खर्ब ६७ अर्ब वित्तीय व्यवस्थाका लागि छुट्याएको छ ।