ज्योती विकास बैंकले ११७ प्रतिशतले बढायो खुद नाफा, प्रतिशेयर आम्दानीमा उस्तै सुधार


व्यवसाय विस्तारमा आक्रमक देखिएको ज्योति बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आशालाग्दो प्रगति विवरण सार्वजनिक गरेको छ । बैंकले निक्षेप संकलन तथा कर्जा विस्तारमा उल्लेख्य सुधार गर्दै प्रतिशेयर आम्दानीमा भारी सुधार गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७९ लाख ९५ हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ६ करोड ३३ लाख ९६ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ११७.६७ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा पनि बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५२ लाख रुपैयाँको खुद नाफालाई ४० प्रतिशतले बढाएको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ रुपैयाँ ७८ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी अहिले बढेर १७ रुपैंया ८१ पैसा पुगेको छ ।

बैंकले यस अवधिमा ३० अर्ब ७२ करोड ५२ लाख ९३ हजार रुपैंया निक्षेप संकलन गरी २६ अर्ब १८ करोड ७१ लाख २ हजार रुपैंया कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २१ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेर १७ अर्ब ७७ करोड रुपैंया कर्जा परिचालन गरेको थियो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ९६ लाख १९ हजार रुपैंया खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २० करोड ९८ लाख १९ हजार रुपैंया खुद व्याज आम्दानी गरेको थियो ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष ३५ करोड रुपैयाँबाट ३२ करोड रुपैंयाबाट ३२ करोडमा झरेको छ । समीक्षा अवधिमा ५० करोड २७ लाख रुपैंयाको रिटेण्ड अर्निङ् ६४ करोड ७ लाख रुपैंयामा उक्लिएको बैंकसँग ४८ लाख ८८ हजार रुपैंया शेयर प्रिमियम छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात भने ०.३९ प्रतिशतबाट ०.८३ प्रतिशतमा उक्लिएको छ ।

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७६.३९ प्रतिशतबाट ७७.१९ प्रतिशतमा उक्लिएको छ । बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैंया ५१ पैसाबाट १३१ रुपैंया ८ पैसामा उक्लिएको छ ।