प्रिमियर इन्स्योरेन्सको नाफा ४० प्रतिशतले वढ्यो, एक अर्ब ८५ करोडको दावी भुक्तानी बाँकी


प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५करोड ७८ लाख खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४०.२९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४ करोड १२ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

कम्पनीले यस अवधिमा २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २२ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनी पुनर्र्बीमा कमिशन आयबाट ५ करोड ५४ लाख, लगानी कर्जा तथा अन्य आयबाट २ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । हाल एक अर्ब ७ करोड ४५ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १८ करोड ८६ लाख रुपैयाँ, बीमा कोषमा ५२ करोड ७५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड ८७ लाख रुपैयाँ छ ।

हाल सम्म कम्पनीले ४३ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरी ४९ हजार ४ सय ३३ बीमालेख जारी गरेका छ । यस अवधिमा २ हजार ४४७ बीमालेख नवीकरण भएका छन ।

कम्पनीले एक हजार ८ सय २९ दाबी संख्या वापत २४ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ५ हजार ८४ दाबी वापत एक अर्र्ब ८५ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी २१.५३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७२.१२ रुपैयाँ र मुल्य आम्दानी अनुपात २३.०४ गुणा छ ।