सोल्टी होटलको नाफा ४९ % ले घट्यो, कारोबारमा १४ % को गिरावट

0
Shares

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सोल्टी होटलले २ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरको छ। होटलको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४९ प्रतिशतले घटेको हो ।

गत आर्थिक बर्षको पहिलो त्रैमाससम्म होटलले ५ करोड ८१ लाख खुद नाफा कमाएको थियो । आगामी दिनमा होटलले व्यावसायिक रणनीतिक संयन्त्रहरुको समुचित सदुपयोग गर्दै आम्दानीमा बृद्धि गर्ने लक्ष्य लिएको छ ।

होटलले यस अवधि सम्ममा व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत ३१ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा ३६ करोड ७८ लाख रुपैयाँ आम्दानी गरको थियो । कम्पनीको कुल आय समग्रमा १४ प्रतिशतले घटेको छ। होटल संचालनका लागि यस अवधिमा कम्पनीले २७ करोड ८८ लाख खर्च गरेको छ ।

होटलको शेयर पुँजी ७३ करोड २६ लाख रुपैयाँ छ भने जगेडा कोषमा कोषमा ९२ करोड ४९ लाख रुपैयाँ सञ्चित छ । होटलको प्रतिशेयर आम्दानी ४० पैसा, प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ ६२ पैसा छ ।