पूँजीसँगै कमाई बढाउँदा अपि पावरको प्रतिशेयर आम्दानी बढ्यो


अपि पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अपिले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३ लाख ८८ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा अपिको खुद नाफा १८.३० प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अपिले विद्युत बिक्रीबाट ६ करोड ३८ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा अपिले ५ करोड ९९ लाख ७४ हजार रुपैंयाको विद्युत बिक्री गरेको थियो ।

समीक्षा अवधिमा ५ प्रतिशत बोनस बितरण गरेर १ अर्ब १३ करोड ४० लाख रुपैंयाको पूँजीलाई १ अर्ब १९ करोड ७ लाख रुपैंया पुर्याएको अपिको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा अपिको प्रतिशेयर आम्दानी १० रुपैंया ७२ पैसा थियो भने अहिले १२ रुपैंया ८ पैसा छ ।

समीक्षा अवधिमा ९ करोड १६ लाख ३२ हजार रुपैंयाको जगेडा कोषलाई ११ करोड ६८ लाख ८० हजार रुपैंया पुर्याएको अपिको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८२ पैसा छ । दोस्रो बजारमा शेयरको मूल्यमा गिरावट आएका कारण अपिको मूल्य आम्दानी अनुपात २१.५५ गुणाबाट ९.३६ गुणामा झरेको छ ।