पुनर्बीमा कम्पनीद्धारा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित


आइएमई लाइफ इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनीले सम्मान गरेको छ ।

अर्थिक वर्ष २०७५ ०७६ का लागि नेपाल पूनर्बीमा कम्पनीमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये पूनर्बीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराएको भन्दै कम्पनीले सम्मान गरेको हो ।

पुनर्बीमा कम्पनीको छैठौं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आइएमई लाफलाई सम्मान गरेका हुन् ।

आइएमई लाइफ इन्स्योरेन्सले ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखाबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

इन्स्योरेन्सले घातक रोग विरुद्द उपचार खर्च, लघुवीमा, सामुहिक वीमा लगायत वीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका वीमायोजना प्रचलनमा ल्याएको छ ।