नेको इन्स्योरेन्सले समायो प्रगतिको बाटो

0
Shares

नेको इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसायको आकार बढाउँदै मुनाफामा समेत वृद्धि गर्दै मुनाफा बढाएको छ। कम्पनीले ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिको तुलनामा खुद नाफा ३२.८० प्रतिशतले बढाएको हो।

यस अवधिमा इन्स्योरेन्सले २ करोड ६४ लाख रुपैयाँले बढाएर ३३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ६ करोड २० लाख, लगानी कर्जा तथा अन्य आयबाट २ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ।

एक अर्ब १७ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात १५.७८ गुणा बढी छ।

उसको जगेडा कोषमा जगेडा कोषमा ४९ करोड ७६ लाख रुपैयाँ, बीमा कोषमा ६४ करोड ५० लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ६ लाख रुपैयाँ सञ्चित छ। गत आवको यसै अवधिमा ३६ करोड ३४ लाख रुपैयाँ, बीमा कोषमा ४५ करोड ८२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड १९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले ९७५ वटा दाबी वापत १५ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ४४९ वटा दाबी वापत ३९ करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

यस अवधिसम्ममा ६८ हजार ४५५ वटा बीमा लेख जारी गरेको कम्पनीले ५६ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।