नेपाल बैंकको २५ प्रतिशत लाभासं, २३ वर्षमा सेयरधनीलाइ राहत


नेपाल बैंकले शेयरधनीलाई २३ वर्षपछि राहत दिलाएको छ । बैंकले सेयरधनीलाइ लामो समयपछि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको मंसिर १ गते सम्पन्न बैठकले नाफावाट २५ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो । सो लाभासं मध्ये १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिको २४ औं बैठकले बैंकको एफपिओ बिक्रीपछि कायम भएको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँबाट १५ प्रतिशतका दरले एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँको बोनस र ९८ करोड ११ लाख १४ हजार ८००रुपैयाँ नगद लाभांश गरि कूल दुई अर्ब ४५ करोड २७ लाख ८७ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् । खराब व्यवस्थापनका कारण निष्कृय कर्जाले थिचिँदा बैंकले २२ वर्षसम्म आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न सकेको थिएन ।

बोनस वितरण पश्चत बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मामा तीन अर्ब ४५ करोड १२ लाख ८३ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यस्तै बैंकले बढाएर दुई अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।