शिवम् सिमेन्टसको ‘शिवम् कृति समारोह’ सम्पन्न, ३७ डिलर सम्मानित

0
Shares

शिवम् सिमेन्टसले ‘शिवम् कृति समारोह २०७६’ सम्पन्न गर्दै आफ्नो उत्कृष्ट डिलरहरुमध्येबाट सर्वोत्कृष्ट हुन सफल ३७ जना डिलरलाई विभिन्न विधामा अवार्डहरू वितरण गरेर सम्मान गरेको छ।

क्वालिटीको मामिलामा नो कम्प्रमाइज भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टसले सेलिब्रेसनको मामिलामा नो कम्प्रमाइज भन्दै कार्तिक २९ र ३० गते दुई दिनसम्म उक्त कार्यक्रम आयोजना गरेको थियो।

जसअनुसार पहिलो दिन कोर इस्ट जोनका डिलरलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् रिजनल डाइमन्ड, गोल्ड र सिल्भर तथा दोस्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरलाई रिजनल अवार्डको साथ साथै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमन्ड, गोल्ड तथा सिल्भर अवार्डबाट सम्मानित गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै शिवम् सिमेन्टसका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै शिवम् सिमेन्टसले सिमेन्र जगतमा उच्च स्थान पाउन सफल भएको प्रतिक्रिया दिएका थिए।