पूर्वाधार विकास बैंकले ८ अर्बको आईपिओ ल्याउंदै


पूर्वाधार विकास बैंककले ८ अर्ब रुपैयाँ बरावरको साधारण सेयर निष्कासन गर्ने भएको छ । बैंक मंसिर २९ गते गर्ने साधारणसभामा साधारण सेयर निष्कासन गर्ने तथा पुँजी वृद्धि गर्ने प्रस्ताव गर्ने भएको हो ।
बैंकको सो सभामा साधारण सेयर निष्कासनको, चुक्ता पूँजी वृद्धि गरी २० अर्ब र्पुयाउने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव रहेका छन ।
चालु आर्थिक वर्षको असोजसम्ममा बैंकको सञ्चित कोषमा ९७ करोड ४८ लाख रुपौयँ रहेको छ । बैंकले सो अवधिसम्ममा १८ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहने छ ।
बैंकले कास्की जिल्लाको माछापुछ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गरेको छ ।