मेरो माइक्रोफाइनान्सको ३० प्रतिशत बोनस पारित, सञ्चलकमा अधिकारी चयन


मेरो माइक्रोफाइनान्सले सेयरधनीलाइ गत आविको नाफावाट सेयरधनीलाइ वितरण गर्ने भनेको ३० प्रतिशत बोनस सेयर कम्पनीको साधारणसभाले पारित गरेको छ ।

संस्थाको कार्तिक २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले ३० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।

नुवाकोटको बट्टारमा सम्पन्न ७ औ वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट ज्ञानुकृष्ण अधिकारीलाइ सञ्चालकमा चयन गरेको छ । अधिकारीलाई निर्विरोध निर्वाचित भएका हुन ।

दश प्रवद्र्धक बैङ्कका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७५/७६ को संस्थाको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ ।

लघुवित्तका अध्यक्ष सञ्जिब मानन्धरले संस्था सञ्चालनको छैटौं वर्षमा ७ अर्ब ४१ करोड ऋण लगानी गरी १५ करोड ६८ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए ।

चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको संस्थाले बोनस शेयर वितरणपछि ८५ करोड ५१ लाख कायम भएको बताए ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि कार्य गरिरहेको फाइनान्सले हाल १११ शाखा कार्यालयमार्फत ५६ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले १ लाख भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ।