राष्ट्र बैंकले स्वीकृत गर्यो श्री इन्भेष्ट एण्ड फाइनान्सको लाभांश


नेपाल राष्ट्र बैंकले श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्न अनुमती दिएको छ ।

फाइनान्स सञ्चालक समितिको असोज १६ गते सम्पन्न बैठकले प्रतिशत २.३५ बोनस र बोनसमा लाग्ने कर सहित १०.६५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । उक्त लाभांश राष्ट्र बैंकबाट मंसिर २ गते स्वीकृत भएको थियो ।

फाइनान्स सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश फाइनान्स कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीलाइ वितरण गर्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा बैंकले २.३५ प्रतिशत बोनस शेयर र १०.६५ प्रतिशत नगद गरि कूल १३ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।