निर्माण व्यवसायी आन्दोलित


मुलुकभरका निर्माण व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

सार्वजनिक खरिद ऐनको पछिल्लो संसधोधनको बिरोधमा निर्माण व्यवसायी आन्दोलित बनेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको अग्रतामा बुधबार विहान व्यवसायीहरुले काठमाडौंको माइतीघरदेखि त्रिपुरेश्वरसम्म विरोध र्याली निकालेका छन् । र्यालीमा देशभरबाट निर्माण व्यवसायीहरुले सहभागिता जनाएका छन् । व्यवसायीहरुले सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्था परिमार्जन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय निर्माण व्यवसायीको संरक्षण गर्नु पर्ने उनीहरुको माग छ ।

सार्वजनिक खरिद ऐनको आठौं संशोधन २०७६ को मस्यौदामा राखिएका गलत प्रावधानले व्यवसायीहरु समस्यामा पर्ने भएकाले निर्माण व्यवसायीहरु सडकमा उत्रिन बाध्य भएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।