नागरिक लघुवित्तको वित्तीय अवस्थामा सुधार


नागरिक लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा ३ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको नाफा २५ लाख १७ हजार ऋणात्मक रहेको थियो ।
संस्थाले चालु आर्थिक वर्षमा खुद ब्याज आम्दानी बढाएसंगै खराब कर्जा असुल गर्न गरेकाले नाफा पनि सकारात्मक भएको हो । असोज मसान्तसम्ममा लघुवित्तले १७ करोड ८६ लाख रुपैयाँ सापटी र ३ करोड ७४ लाख रुपैयाँ निक्षेप सङ्ककलन गरी २७ करोड २८ लाख कर्जा प्रवाह गरेको छ । सो अवधिमा लघुवित्तले ४३ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको यस्तो आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४० लाख ९२ हजार बढी हो ।
वोमीसंग १०० बराबर ७२ अनुपातमा मर्ज हुने सम्झौता गरेको लघुवित्तको चुक्ता पूँजी ७ करोड रहेको छ । लघुवित्तको जगेडा कोष ७७ लाख ९ हजार नकारात्मक रहेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको जगेडा कोष ३१ लाख ५६ हजार नोक्सानीमा थियो । पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको सञ्चालन नोक्सानी ३ लाख ८० हजार रहेको छ । लघुवित्तको निष्क्रिय कर्जा ०ं४२ प्रतिशत रहेको छ ।