मन्त्रीमण्डलका नयाँ मन्त्रीले लिए सपथ


नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ खुवाएकी हुन् । 

हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् ।

त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथ लिए ।

समारोहमा उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरुसहित उच्चपदस्थ व्यक्तिको उपस्थिति थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव बिदा भएका छन् ।

त्यसैगरी राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त भएका छन् ।

स्तै उपप्रधानमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकआपसमा विभागीय मन्त्रालय हेरफेर भई उपप्रधानमन्त्री यादवले कानून र ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, अर्थमन्त्री युवराज खतिवडाको जिम्मेवारी यथावत राखेका छन्। ओली नेतृत्वको सरकार ३ फागुन ०७४ मा गठन भएको थियो ।