गरिमा विकास बैंकको साधारणसभा, १६ प्रतिशत लाभांश वितरण प्रस्ताव


गरिमा विकास बैंकले मंसिर २७ गते बार्षि साधारणसभा गर्ने भएको छ । सो साधारणसभामा सञ्चालक समितिको तफैवाट सेयधनीलाइ वितरण गर्ने भनेको १६.१५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश पवषेश प्रस्ताव रहेको छ ।
पोखराको होटल ग्राण्डमा हुने सो साधारणसभामा ४५ करोड तीन लाख २१ हजार ४३१ रुपैयाँ बराबरको बोनस शेयर र नगद लाभांसका लागि २ करोड ३७ लाख एक हजार नगद लाभांश प्रस्ताव रहनेछ । साथै मर्जर तथा प्राप्तिको विषयमा सम्पूर्ण निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, चुक्ता पूँजी र अधिकृत पूँजी वृद्धि गर्ने, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, प्रबन्धपत्र र नियामावलीमा आवश्यक संसोधन गर्ने लगायतका प्रस्ताव रहने बैंकले जनाएको छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बैंकले मङ्सिर १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।