बिराटनगरको ट्राफिक चोकमा सिद्धार्थ बैंकको शाखा


सिद्धार्थ बैंकले बिराटनगरको ट्राफिक चोकमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर २ गते सोमबार देखि उक्त शाखा कार्यलय सञ्चालनमा ल्याएको हो ।

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

नयाँ शाखासँगै बैंकको शाखा संख्या १७२ पुगेको छ भने ९४ एक्स्टेन्सन काउन्टर, १०१ शाखारहित बैंकिङ्ग सेवा र १८७ वटा एटिएमबाट सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहीबार  १३ : ४९ बजे