अनाथालयलाई बङ्गलादेश बैंकको सहयोग


नेपाल बङ्गलादेश बैंकले नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ वटा ब्ल्याङ्केट हस्तान्तरण गरेको छ ।

विश्व बाल दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई सहयोग गरिएको बैंकले जनाएको छ ।

ललितपुर –२३ हात्तीवन, धापाखेलस्थित अनाथालयलाई बैंकले सहयोगस्वरुप ब्ल्यांकेट उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।

सहयोगले अनाथालयमा रहेका अनाथ तथा असहाय बालबालिकालाई सहज हुने विश्वास बैंक तथा अनाथालयले लिएका छन् ।