मोरङ जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर


प्रभु बैंकले विराटनगर उपमहानगरपालिकास्थित मोरङ जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

मोरङस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ मंसिर ०५ गते मोरङका प्रमुख जिल्ला अधिकृत मदन भुजेलले उद्घाट्न गरेका छन् ।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।