बैदेशिक रोजगारीमा गएकालाई ग्लोबल आईएमई बैंकले ३ दिनमा घरकर्जा दिने


ग्लोबल आइएमई बैंकले नेपाल बाहिर रहेका नेपालीलाई लक्षित गर्दै नयाँ घरकर्जा योजना ल्याएको छ ।

वैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी बैंकले ‘ग्लोबल आइएमई जन्मभूमि घर कर्जा’ योजना ल्याएको हो ।

योजना अन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आबश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
न्यूनतम ब्याजदरमा सुलभ र सहज रुपमा पाउन सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट स्वदेश भित्र्याउन मद्धत पुर्याउने विश्वास बैंकले लिएको छ ।

यो घर कर्जा बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारत सहित विभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई उपलब्ध गराईने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकका सबै शाखाबाट यो कर्जा उपलब्ध हुने बताइएको छ ।