प्राइममा विलय हुन लागेको कैलाश विकास बैंकले घोषणा गर्यो लाभांश


प्राइम कमर्सियल बैंकमा विलय प्रकृयामा रहेको कैलाश विकास बैंकले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेको छ।

सोमबार बिहान मात्र प्राइमले पनि गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको थियो ।

कैलाश विकास बैंकले पनि लगानीकर्तालाई १६ प्रतिशत बोनस शेयर र २.७७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सोमबार बसेको बैंक संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।