५८ लघुवित्तले कमाए १ अर्ब ६८ करोड, चुक्ता पूँजीको ११ % कमाइ


चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त कम्पनीहरुले चुक्ता पूँजीको ११.०७ प्रतिशत खुद नाफा कमाएका छन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ५० तथा सूचीकृत नभएका ८ गरी ५८ लघुवित्तको कमाईलाई आधार बनाउँदा यस्तो तथ्य देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका ५० मध्ये ३ लघुवित्तहरु नाडेप, स्वाभिमान र घोडीघोडा लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विबरण सार्वजनिक गरेका छैनन् । यी ३ लघुवित्तको चुक्ता पूँजीलाई उल्लेखित तथ्यांकमा समावेश गरिए पनि खुद नाफाको रकम भने समावेश भएको छैन ।

५८ मध्ये वित्तीय विबरण ननिकालेका ३ बाहेकका लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३८ करोड ३६ लाख ३९ हजार ५३१ रुपैंया खुद नाफा कमाएका छन् । ५८ लघुवित्त कम्पनीको चुक्ता पूँजी १५ अर्ब २० करोड ५६ लाख ४ हजार ९२ रुपैंया छ ।

उल्लेखित पूँजीको प्रतिशतका आधारमा लघुवित्त कम्पनीहरुको खुद नाफा ११.०७ प्रतिशत मात्र हुन आउँछ ।

५८ लघुवित्त कम्पनीको चुक्ता पूँजी र जगेडा कोषको अवस्था यस्तो छ ।


त्यसै गरी लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको खुद नाफामा सबैभन्दा ठुलो हिस्सा छिमेक लघुवित्तको छ भने निर्धन उत्थान, साना किसान लगायतका पनि उत्तिकै अब्बल देखिएका छन् ।

सर्वसाधारणमा शेयर निष्काशन नगरेका ८ लघुवित्त कम्पनीहरु पनि व्यवसाय तथा खुद नाफामा सूचीकृत लघुवित्त कम्पनीभन्दा कमजोर देखिएका छैनन् । धेरै खुद नाफा कमाउने लघुवित्तको पाँछौं स्थानमा सूचीकरण नभएको जीवन विकास लघुवित्तले स्थान बनाएको छ । अरु ७ वटा सूचीकृत नभएका लघुवित्त पनि सूचीकृत लघुवित्तको भिडमा राम्रो स्थानमा बसेका छन् ।

खुद नाफा सँगै प्रतिशेयर आम्दानीका आधारमा लघुवित्त कम्पनीहरुको अवस्था यस्तो देखिन्छ ।


दोस्रो बजारमा लघुवित्त कम्पनीहरुको शेयरमा आकर्षणसँगै विकर्षण पनि उत्तिकै देखिन्छ । मंसिर ११ गते बुधबारको शेयर मूल्यका आधारमा लघुवित्त कम्पनीहरुको मूल्य आम्दानी अनुपात हेर्दा गुराँस लघुवित्तको शेयर अधिक जोखिमको सूचीमा परेको देखिन्छ । निर्धन उत्थान, स्वाबलम्बन, लक्ष्मी लगायतका लघुवित्तको मूल्य आम्दानी अनुपात सबैभन्दा कम रहेको देखिन्छ ।

२०७६ साल मंसिर ११ गतेको लघुवित्त कम्पनीहरुको शेयर मूल्य तथा सोही आधारमा निकालिएको मूल्य आम्दानी अनुपातको अवस्था यस्तो देखिन्छ ।


उल्लेखित शेयर मूल्य तथा मूल्य आम्दानी अनुपातमा मर्जर प्रृकयामा रहेर शेयर कारोबार रोक्का भएका लघुवित्त पनि छन् । यसका साथै गत आर्थिक वर्षको कमाईबाट लाभांस बितरण गरिसकेका तथा शेयर मूल्य समायोजन भई सकेका केही लघुवित्त कम्पनी पनि छन् । जसका कारण केही कम्पनीको मूल्य आम्दानी अनुपात अवास्तविक हुन सक्छ ।