प्रभु बैंकको १९७ औं शाखा काठमाण्डौंको पिङ्गलास्थानमा

0
Shares

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंसिर १२ गते बिहीबारदेखि काठमाण्डौं महानगरपालिका वडा नं. ०८ गौशाला स्थित पिङ्गलास्थानमा आफ्नो १९७ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उद्घाटन गरेका हुन् ।

शाखाको उदघाटन गर्दै ढकालले प्रभु बैंकले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धिमा टेवा पुगेको बताए ।

उक्त शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउने बैंकले विश्वास लिएको छ ।