साधना लघुवित्तले ६ करोड ३० लाख बराबरको आईपिओ जारी गर्ने

0
Shares

आर्थिक सम्बृद्धि लघुवित्तलाई गाँभेर गत असार ३० गतेबाट एकीकृत कारोबार थालेको साधना लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ करोड ३० लाख बराबरको ६ लाख ३० हजार कित्ता आईपिओ जारी गर्न ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

आईपिओ निष्काशन सम्बन्धी सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल तथा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने हस्ताक्षर गरेका छन् ।

गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि. ले  तनहुँको आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाई एक्विजिसन गरेको थियो ।

हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन उदेश्य राखेको संस्था शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तथा कार्यक्षेत्र विस्तार गर्ने योजनामा छ ।

साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ९९ पैसा छ ।

असोज मसान्तसम्म लघुवित्तले ३२ करोड ५९ लाख निक्षेप संकलन तथा १ अर्ब ४ करोड १६ सापटी लिएर १ अर्ब ३६ करोड १९ लाख कर्जा प्रवाह गरेको छ ।