माछापुच्छ्रे बैंकका सबै एटिएम तथा पिओएसमा मास्टर कार्ड चल्ने

0
Shares

माछापुच्छ्रे बैंक मास्टर कार्ड सञ्जालमा आबद्ध भएको छ। यो सँगै बैंकका सबै एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा मास्टर कार्ड चल्ने भएको छ ।

विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै मास्टर कार्डसँग आवद्ध भएको बैंकले जनाएको छ ।

अब मास्टर कार्ड होल्डरले बैंकको १ सय ७० भन्दा बढी एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढी प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भु्क्तानी गर्न सक्नेछन्।

बैंकले छिट्टै नै आफ्ना ग्राहकहरुकालागि मास्टर कार्ड जारी गर्ने जनाएको छ। मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भीसा, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले हाल १ सय ४४ वटा शाखाहरु, १ सय ३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ७० वटा एटीएमहरु मार्फतबाट बैंकिङ सुविधा दिइरहेको छ ।