ढुङगानाले दोहोर्याउन नमानेपछि बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल

0
Shares

नेपाल बैंकर्स संघका हालका अध्यक्ष ज्ञानेन्द्र ढुङगानाले कार्यकाल दोहोर्याउन नमानेपछि आगामी अध्यक्षको रुपमा सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन कुमार दाहाल हुने भएका छन । आगामी अध्यक्षको रुपमा दाहाल पनि सकारात्मक भएपछि उनलाइ नै जिम्मेबारी दिने टुङगो लागेको हो ।

अग्रज बैंकरहरुको पनि प्रेरित गर्नु भएको हुनाले पनि सकारात्मक भएको दाहालले नोट बजारलाई बताए । “करिब एक महिना पछि नयाँ अध्यक्ष आउने हो, बैंकमा पनि २ वर्ष कार्यकाल बाँकी छ, त्यो अवधिमा संघको नेतृत्व गरेर दुबै संस्थालाई अघि वढाई बैंकिङ क्षेत्रमा केही योगदान गर्न सकिन्छ की भन्ने लागेर सकारात्मक भएको हुँ ।” अग्रज बैंकर तथा बैंकर साथीहरुले आग्रह गरेको हुनाले पनि संघको नेतृत्व लिन तयार भएको उनको भनाइ छ । त्यसका लागि मंगलबार अन्तिम निर्णय हुने समेत उनले जानकारी दिए ।

बैंकर दाहालले संघको नेतृत्व लिएको खण्डमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, संसदीय समिति, मिडिया र अन्य बैंकरहरु सबैलाई समेटेर अघि बढ्न सक्ने क्षमता भएकाले पनि उनलाइ अन्य बैंकरहरुले जोड दिएका हुन ।

संघले आगामी नेतृत्व चयनका लागि निर्वाचनको मिति निर्धारण गरी निर्वाचन समिति समेत गठन गरिसकेको छ । संघले मंसिर १७ गतेसम्म उम्मेद्धारी दिने, १८ गते उम्मेद्धारी फिर्ता लिने र १९ गते हुने साधारणसभाले नेतृत्व चयन गर्ने कार्यक्रम तय गरेको छ ।