महालक्ष्मी विकास बैकलाई साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड


सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स (साफा) ले दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड – २०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ ।

बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जित्न सफल भएसँगै सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैकका तर्फबाट मेरिट सर्टिफिकेट हासिल गरेको हो ।

बङगलादेशको ढाकामा सम्पन्न एक समारोहका बीच बङगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सि एमपिले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरण गरेका हुन् ।