राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरी अधिकारी


राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरी अधिकारी चयन भएका छन् । वाणिज्य बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले अधिकारीलाई बैंक सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिले अध्यक्ष बनाउने निर्णय गरेसँगै अधिकारीले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग पद तथा गोपनियताको सपथ लिएका छन् ।

नेपाल सरकारको सहसचिवबाट गत असोज २० गते अवकास पाएका अधिकारी सहसचिव हुँदा वाणिज्य बैंक सञ्चालक समितिको सदस्य थिए । अर्थ मन्त्रालय अन्तरगत बजेट महाशाखाको प्रमुख हुँदा अधिकारी सेवा निवृत्त भएका थिए ।

वाणिज्य बैंकका तत्कालिन अध्यक्ष अध्यक्ष रहेका सञ्चार सचिव महेन्द्रमान गुरूङ केही दिन पहिले सेवा निवृत्त भएपछि बैंकको अध्यक्ष पद खाली थियो ।